PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

वायुसेवा निगमले माग्यो १७४ कर्मचारी, हेर्नुस् कुन तहमा कति जनशक्ति माग?

वायुसेवा निगमले माग्यो १७४ कर्मचारी, हेर्नुस् कुन तहमा कति जनशक्ति माग?

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल वायुसेवा निगमले सिनियर पाइलटसहित विभिन्न तहका १७४ जनशक्तिको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको स्वीकृतिमा निगमले शुक्रबार पदपूर्तिको सूचना प्रकाशित गरेको हो।

सूचना अनुसार सिनियर क्याप्टेन १३ जना माग गरिएको छ। यस्तै, जुनियर क्याप्टेन १५ जना माग गरिएको छ। जुनियर को–पाइलट १३ जना माग गरिएको छ।

यस्तै, प्रशासनतर्फ १० जना अधिकृत माग गरिएको छ। प्रशासनकै वरिष्ठ सहायक तह ५ मा ३४ जना माग गरिएको छ। सहायक चौथो तहमा १८ जना माग गरिएको छ।

वायुयान मर्मत-सम्भारका लागि १४ जना टेक्निसियन निगमले माग गरेको छ।

खुला तथा समावेशी रुपमा पदपूर्ति हुनेछ। फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा चैत ७ गतेसम्म आवेदनको समय तोकिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell