PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

क्लब डेजाभुका तीन संचालक पक्राउ



पहिलोपोस्ट

क्लब डेजाभुका तीन संचालक पक्राउ

काठमाडौः दरबारमार्ग स्थित डेजाभु क्लबका सञ्चालक पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरू विरुद्ध परिसरमा साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको हो।

क्लबका सञ्चालक मनोज श्रेष्ठविरुद्ध पनि प्रहरीमा केही समय अगाडि उजुरी परेको थियाे। श्रेष्ठको विरुद्धमा नेपाल प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ।

पछिल्लो समय क्लवका संचालक विभिन्न विवादमा पर्दै आएका छन्। 

२०७४ मंसिर २८ गते अन्तर्राष्ट्रिय डिजे 'मार्समेलो' आउने भनेर क्लबले केही समयदेखि टिकट बिक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेका थिए। 
टिकट बिक्री गरेर ठगी गरेको भन्दै प्रहरीले क्लब संचालक समेतलाई पक्राउ गरेको थियो। त्यसपछि क्लब केही समय बन्द थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell