PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

जथाभावी हर्न बजाउने ३० हजार चालक परे ट्राफिकको कारबाहीमा



पहिलोपोस्ट

जथाभावी हर्न बजाउने ३० हजार चालक परे ट्राफिकको कारबाहीमा

काठमाडौँ : उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ।

२०७४ वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत फागुन ९ गतेसम्म ३० हजार ४६८ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। आर्थिक वर्ष २०७३\७४ मा ९ हजार ६६३ जना चालक कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७४\७५ मा १५ हजार ४०५ जना र चालु आर्थिक वर्षको सात महिनामा ५ हजार ४ सय जना कारबाहीमा परेका छन्।

नो हर्न क्षेत्र घोषणा भइसकेकाले अटेर गरेर हर्न बजाउनेलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

कसैले नो हर्न नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटकमा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell