PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राजनीतिमा आउने दीपिकाको संकेत, कुन मन्त्री बन्न चाहन्छिन्? 



पहिलोपोस्ट

राजनीतिमा आउने दीपिकाको संकेत, कुन मन्त्री बन्न चाहन्छिन्? 
फाेटाे : Instagram

मुम्बई: बलिउड अभिनेत्री दीपिका पादुकोणले राजनीतिमा आउने संकेत गरेकी छिन्। लोकमत महाराष्ट्रियन अफ द इयर २०१९ अवार्ड समारोहमा सम्मानित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीपिकाले आफू उपयुक्त समयमा राजनीतिमा आउने संकेत गरेकी हुन्। 

राजनीतिमा कहिले आउने भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्,‘मलाई राजनीतिबारे धेरै जानकारी छैन। तर अवसर मिल्यो भने म राजनीतिमा आउनेछु। स्वच्छ भारत मन्त्री बन्ने मेरो चाहना छ। मलाई सरसफाइ एकदमै मनपर्छ।’

भारतीय सञ्चारमाध्यमका अनुसार उनले बाल्यकालको एउटा अनुभव पनि सुनाइन्। ‘जब म सानो थिएँ, तब सबैले बोलाउथें। मलाई लाग्थ्यो कि म धेरै प्रख्यात छुँ। तर पछि मलाई महसुस भयो कि उनीहरु मलाई सरसफाइका लागि मात्रै बोलाउँदा रहेछन्। म जहिले पनि घरमा हुन्छु, तब सफाइ गरिरहन्छु।’

अभिनेता रणवीर सिंहसँग बिहे गरेपछि बिदामा रहेकी दीपिका अब मेघना गुलजारको फिल्म ‘छपाक’मा एसिड सर्वाइभरको रुपमा देखिनेछिन्। फिल्मको सुटिङ चाँडै सुरु हुने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell