PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सरकारी डाक्टर आन्दोलनमा

आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सरकारी डाक्टर आन्दोलनमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौः सरकारी चिकित्सक सङ्घ (गोदान) देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन्।

विभिन्न नारा लेखिएका पम्मपेल्ट बोकेर उनीहरू माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्। सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक विरुद्ध उनीहरूले आन्दोलन गर्दै आएका छन्।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरूले फेरि आन्दोलन गरेका हुन्। सरकारले तत्काल माग पूरा नगरे सामूहिक राजीनामा दिने उनीहरूको चेतावनी छ। त्यसको लागि उनीहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell