PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

अंकित दबास प्रतिबन्धमा परेपछि क्वालिफायर्स नखेल्ने काठमाडौंको निर्णय, महेन्द्रनगर फाइनलमा



पहिलोपोस्ट

अंकित दबास प्रतिबन्धमा परेपछि क्वालिफायर्स नखेल्ने काठमाडौंको निर्णय, महेन्द्रनगर फाइनलमा
PHOTO : WICKETNEPAL

धनगढी : गत संस्करणको उपविजेता काठमाडौँ गोल्डेन्सले धनगढी प्रिमियर लिग डीपीएल ३ को क्वालिफायर्स बहिस्कार गरेको छ।

आफ्नो विदेशी खेलाडी अंकित दबास इलेगल बलिङ एक्सनका कारण बलिङ गर्न प्रतिवन्धमा परेपछि काठमाडौँले डीपीएल बहिस्कार गर्दै क्वालिफायर्स नखेल्ने निर्णय गरेको हो।

काठमाडौले नखेल्ने भएपछि महेन्द्रनगर युनाइटेड फाइनल प्रवेश गरेको छ।

बिहीवार मात्र डीपीएलको टेक्निकल कमिटिले दबासको बलिङ एक्सल इलेगल पाइएको भन्दै बलिङ गर्नबाट प्रतिवपन्ध लगाएको थियो।

म्याच रेफ्री समिर खानले काठमाडौँ समयमा खेल्न नआएको र खेल्न रिफ्युज गरेका कारण महेन्द्रनगर फाइनलमा पुगेको जानकारी दिए।

लिग चरणमा दोस्रो भएको काठमाडौँ पहिलो क्वालिफायर्समा अत्तरियासँग पराजित भएको थियो।

अब रुपन्देही च्यालेन्जर्सलाई एलिमिनेटरमा १ रनले पराजित गरेको महेन्द्रनगर युनाइटेडले दोस्रो क्वालिफायर्स नखेली फाइनल खेल्ने अवसर पाएको छ।

फाइनल खेल शनिवार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell