PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

वीर अस्पतालको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते



पहिलोपोस्ट

वीर अस्पतालको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौः वीर अस्पतालको बन्दै गरेको भवनको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु भएको छ।

भवनमा काम गर्ने मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सप्तरी जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीन कुमार चौधरी रहेको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी टेकुनान्द लिम्बुले जानकारी दिए।

काम गर्ने क्रममा बिहीबार लिफ्ट चुँडिएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो। अन्य एक जना घाइतेको भने उपचार भइरहेको डिएसपी लिम्बुले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell