PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

चौकीदारसँग घुस लिँदै गर्दा जेलर अधिकारी पक्राउ



पहिलोपोस्ट

चौकीदारसँग घुस लिँदै गर्दा जेलर अधिकारी पक्राउ
फाइल फोटो

काठमाडौः एक जेलरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

मकवानपुर भीमफेदी गाउँपालिका वडा छस्थित भीमफेदी कारागारका शाखा अधिकृत मदन अधिकारीलाई घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।

अधिकृत अधिकारीले कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र कारागारमा सरुवा गरिदिने भन्दै घुस मागेका थिए। शाखा अधिकृत अधिकारीलाई ७५ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell