PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

बाबु बोगटीको 'टिकुली' रिलिज



पहिलोपोस्ट

बाबु बोगटीको 'टिकुली' रिलिज

काठमाडौं: गायक बाबु बोगटीको नयाँ गीत सार्वजनिक भएको छ। उनले आफ्नो गीतहरुमा प्राय कोही महिलालाई सम्बोधन गरेको पाइन्छ। सान्नानी,जमुना,तुलशी,साली,कान्छी मोरी, गोरी जस्ता गीतहरु चर्चामा समेत आए।

योपटक पनि उनले गीतमा कसैलाई सम्बोधन गरेका छन्। उनले आफ्नो नयाँ गीत तथा एल्बमको नाम 'टिकुली' दिएका हुन्। व्यक्तिगत युट्यूब च्यानल बाबु बोगटी च्यानलबाट टाइटल गीत सार्वजनिक गरेका छन्।

डान्सिङ नम्बरमा स्वर र संगीत बाबु बोगटी स्वयंले दिएका छन्। शब्द भने नारद रिजालको रहेको छ। गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्। भिडियोमा नायिका स्वस्तीमा खड्का र बाबु बोगटी स्वयं फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell