
इंग्लिस प्रिमियर लिग क्लब चेल्सीलाई युवा खेलाडी अनुबन्ध गर्दा नियम तोडेको भन्दै खेलाडी किनबेचमा दुई वर्षको प्रतिबन्ध लागेको छ ।
लण्डन क्लब चेल्सीले यसअघि युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै दुई वर्षको प्रतिव्न लगाइएको हो।
चेल्सीले अब २०२० को जनवरी अन्त्यसम्म खेलाडी किन्न र बेच्न पाउनेछैन।
तर प्रिमियर लिग क्लबले भने यस बारेमा अपिल गर्ने जनाएको छ।
चेल्सीलाई ४ लाख ६० पाउण्ड जरिवाना समेत लागेको छ। यस्तै फुटबल एसोसिएसनले पनि ३ लाख ९० हजार पाउण्ड जरिवना लगाएको छ।
चेल्सीले विदेशी युवा खेलाडी अनुबन्ध गरेको विषय बारे फिफाले अनुसन्धन गरेपछि नियम तोडेको पत्ता लागेको हो। पूर्व स्ट्राइकर बर्ट्रान्ड ट्राओरसहित अन्य खेलाडी भित्र्याउँदा चेल्सीले नियम तोडेको फिफाले जनाएको छ।
९२ केसमा अनुसन्धान गर्दा चेल्सीले २९ पटक नियम तोडेको फिफाले जनाएको छ।