PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट, तीन बटुवा घाइते



पहिलोपोस्ट

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट, तीन बटुवा घाइते

काठमाडौँ : ललितपुरको नख्खुमा शुक्रबार राति विस्फोट भएको छ।

एनसेलको कार्यालयको गेटमा बम विस्फोट भएको महानगरीय प्रहरी प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बम कस्ले र किन राखेको भने खुल्न सकेको छैन।

विस्फोटबाट तीन जना बटुवा घाइते भएका छन्। घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, उरुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए।   

प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्। फेसुबकमा एक प्रत्यक्षदर्शीले भिडियो समेत लाइभ गरेका छन्। 

थप जानकारी आउने क्रममा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell