PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते



पहिलोपोस्ट

नख्खुस्थित एनसेल कार्यालयअगाडि विस्फोट, तीन पैदल यात्रु घाइते

काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति विस्फोट भएको छ। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका छन्।

घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। विस्फोटबाट प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुषा मानन्धर गरी तीन जना पैदल यात्रु घाइते भएका छन्।

घाइते उरुषाको मेडिसिटी अस्पताल, प्रतिक्षाको अल्का अस्पताल र सिंहप्रसादको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ। घाइते उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन्। 

विस्फोटनको थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए।

प्रत्यक्षदर्शीहरुले विस्फोटको ठूलो आवाज सुनेको बताएका छन्। फेसुबकमा एक प्रत्यक्षदर्शीले भिडियो समेत लाइभ गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell