PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर



पहिलोपोस्ट

अपडेट : नख्खु विस्फोटमा घाइते एक जनालाई भेन्टिलेटरमा राखियो, थप एकको अवस्था गम्भीर

काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका मध्ये एक जनालाई भेन्टिलेटरमा राखिएको छ। विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए।

घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखिएको हो। उनलाई सुरुमा बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मेडिसिटी रिफर गरिएको थियो। 

घाइते काभ्रेकी २५ वर्षीया उरुषा मानन्धर मेडिसिटी अस्पतालकी नर्स हुन्। त्यसैगरी अर्की घाइते बाग्डोलकी २६ वर्षीया प्रतिक्षा खड्कालाई सुरुमा अल्का अस्पताल लगिए पनि पछि मेडिसिटीमै रिफर गरिएको छ। 

प्रतिक्षाको पनि अवस्था गम्भीर रहेको मेडिसिटी अस्पतालले जनाएको छ। 

घाइते हुनेहरुमा दुई जना स्टाफ नर्स रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell