
जेरार्ड डेउलोफेउले ह्याट्रिक गरेपछि प्रिमियर लिगमा वाटफोर्डले फराकिलो जित हात पारेको छ। जेरार्ड वाटफोर्डको लागि लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वाटफोर्डले कार्डिफ सिटीलाई ५-१ ले पारजित गर्यो।
लिगमा वाटफोर्डको यो फराकिलो जित हो भने ५ गोल गरेको पनि पहिलो पटक हो।
A night of @premierleague firsts!
— Watford Football Club (@WatfordFC) February 22, 2019
1️⃣st hat-trick ✅
1️⃣st time we've scored five ✅
1️⃣st four goal winning margin ✅ pic.twitter.com/xeNFFrGWOX
वाटफोर्डका लागि जेरार्डले खेलको १८औँ, ६१औँ र ६३औँ मिनेटमा गोल गरे। यस्तै ट्रोए डिनेले दुई गोल गरे। उनले ७३औँ मिनेटमा र इन्जुरी टाइममा गोल गरे।
कार्डिफका लागि सोल बाम्बाले ८२औँ मिनेटमा गोल गरे।
जितपछि वाटफोर्ड २७ खेलबाट ४० अंक जोड्दै सातौँ स्थानमा उक्लेको छ।