PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्छ: गृहमन्त्री थापा



सागर बुढाथोकी

नख्खु विस्फोटमा परी मृत्यु भएकालाई क्षतिपूर्ति र घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्छ: गृहमन्त्री थापा

ललितपुर: गृहमनन्त्री रामबहादुर थापा बादलले नख्खु विस्फोटमा परी मृत्यु भएकालाई सरकारले क्षतिपूर्ति दिने र घाइते भएकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन्।

आज ललितपुरस्थित नख्खुमा रहेको मेडिसिटी अस्पतालमा पुगी घटनामा मृत्यु भएका र घाइते भएकाको परिवारजनसँग भेटी गृहमन्त्री थापाले उक्त प्रतिवद्धता जनाएका हुन्।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति भएको विस्फोटमा घाइते भएका लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको छ।

विस्फोटमा परी तीन जना पैदल यात्रु घाइते भएका थिए। दुई जनाको उपचार मेडिसिटीमा भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell