PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

जानी नजानीको ट्रेलरमा कर्पोरेट प्रेमकथा



पहिलोपोस्ट

जानी नजानीको ट्रेलरमा कर्पोरेट प्रेमकथा

काठमाडौं: चैत एक गतेबाट रिलिज हुने फिल्म ‘जानी नजानी’को ट्रेलर रिलिज भएको छ।

ट्रेलरमा देब बनेका मनिष श्रेष्ठ र मीरा बनेकी निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतार चढाब देखाइएको छ। यी दुबैजना कर्पोरेट क्षेत्रमा संलग्न छन्। पेशागत भेटघाटकै क्रममा निटक भएको र त्यसपछि प्रेममा परेको कथा ट्रेलरले बोल्छ।

अन्य कलाकार सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी पनि विभिन्न भूमिकामा छन्।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन्।

आधुनिक प्रेम कथामा आधारित यो फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। लेखक तिमल्सिनाले फिल्म ड्रिम पछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी फिल्म भएको बताए। यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि म्युख्य सहायक निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय फिल्म बनाएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell