PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

भारतमा नेपालको एन्फा यू-२१ टोलीको दोस्रो जित, अभिषेकको ह्याट्रिक



पहिलोपोस्ट

भारतमा नेपालको एन्फा यू-२१ टोलीको दोस्रो जित, अभिषेकको ह्याट्रिक

काठमाडौँ : अभिषेक रिजालले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि नेपालको एन्फा यू २१ टिमले भारतमा भइरहेको क्षेत्रिय प्रतियोगितामा दोस्रो जित हात पारेको छ।

भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा शनिवार एन्फा यू-२१ टोलीले मनिपुरलाई ३-१ ले पराजित गरेको हो।

एसएआई स्टेडियममा भइएको खेलमा एन्फा यू २१ का लागि अभिषेक रिजालले पहिलो हाफको १९औँ र ३०औँ मिनेटमा गोल गरेका थिए। उनले ८२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्रतियोगितामा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे।

मनिपुरका लागि ५४औँ मिनेटमा सोङ्गपु सिनसितले एक गोल गरेका थिए।

अभिषेकले यसअघि त्रिपुरा विरुद्धको खेलमा ४ गोल गर्दा एन्फा टोली ८-० ले विजयी भएको थियो।

एन्फा यू २१ टोलीले आइतवार मिजोरमसँग चौथो खेल खेल्नेछ। एन्फा यूवा टोली पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell