PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हास्य कलाकार राजु मास्टरको फेसबुक ह्याक



पहिलोपोस्ट

हास्य कलाकार राजु मास्टरको फेसबुक ह्याक

मेरी बास्सैका हाँस्यकलाकार राजु पौडेल अर्थात मेरी बास्सैका राजु मास्टरको फेसबुक ह्याक भयो। विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएपछि उनी प्रहरीमा उजुरी दिन पुगे। पौडेलले आफ्नो फेसवुक शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको बताएका छन्।

ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेल प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेका हुन्। विद्युतिय कारोवार ऐन अन्र्तगत छानविन गरी दोषीलाई कारवाहीको माग गरेका छन्। उनले आफ्नो फेसवुक ह्याक भएर हजारौं शुभचिन्तकहरुलाई सचेत गराउँदै नयाँ फेसबुक खोलिएको र पुरानो फेसबुक आइडिमा ब्लक गरिदिन आग्रह गरेका छन्। 

 

हास्य टेलिश्रृंखला मेरी बास्सैका निर्देशकसमेत रहेका राजु मास्टरको फेसबुकमा पाँच हजारभन्दा बढी साथी र नौ हजारभन्दा बढी फलोअर्स थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell