PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

ला लिगा : मेसीको ५०औँ ह्याट्रिक, बार्सिलोनाको पुनरागमन जित



पहिलोपोस्ट

ला लिगा : मेसीको ५०औँ ह्याट्रिक, बार्सिलोनाको पुनरागमन जित

लियोनल मेसीले करियरको ५०औँ ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ला लिगामा सेभिया विरुद्ध पुनरागमन जित हात पारेको छ।

मेसीले ह्याट्रिक गर्नुका साथै एक गोलको लागि सहयोग गरेपछि बार्सिलोनाले सेभियालाई उसैको मैदानमा ४-२ ले पराजित गरेको हो। पहिलो हाफमै २-१ ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

बार्सिलोना दुई पटक पछि पर्दा दुवै पटक मेसीले बराबरी गोल फर्काए भने बार्सिलोनाले अग्रता पनि मेसीकै गोलबाट लिएको थियो।

२२औँ मिनेटमा जेसस नाभासले गोल गर्दै घरेलु टोली सेभियालाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै मेसीले बराबरी गोल पर्काए। ४२औँ मिनेटमा गाब्रीएल मर्काडोले गोल गर्दै सेभियालाई अग्रता दिलाए।

तर मेसीले ६७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। त्यसपछि मेसीले ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै करियरको ५०औँ ह्याट्रिक पूरा गरे भने बार्सिलोनालाई ३-२ को अग्रता दिलाए। मेसीकै सहयोगमा लुइस सुअरेजले इन्जुरी टाइममा गोल थपेपछि बार्सिलोना ४-२ ले विजयी भएको हो।

सभियाविरुद्ध ला लिगामा २६ गोल गरेका मेसी लिगमा एकै क्लबविरुद्ध धेरै गोल गर्ने खेलाडी बनेका छन्। यस्तै ला लिगामा मेसीको यो ३२औँ ह्याट्रिक हो। ला लिगामा क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ३४ ह्याट्रिक गरेका छन्।

सेभियाविरुद्धको जितपछि बार्सिलोनाले ला लिगामा दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता बनाएको छ। बार्सिलोनाले २५ खेलबाट ५७ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ४७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell