PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाउने, मुख्यमन्त्री भन्छन् : कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ



रासस

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीलाई अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र बनाइने बताएका छन्।

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशद्वारा राजधानी वीरेन्द्रनगरमा आज आयोजित ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले अन्तर्राष्ट्रियस्तरको खेल क्षेत्र निर्माणका लागि खेल क्षेत्रको सम्भावना खोज्ने बताएका हुन्। “हामी कर्णालीलाई खेलाडीको प्रदेशका नामले चिनाउछौँ”, उहाँले भन्नुभयो, “यो बहादुर र क्षमता भएका मान्छेको प्रदेश पनि हो ।”

कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले नेपाली खेलाडीले देशको नाम उँचो राखेको तर्क गरे।

प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगितामा १० वटा जिल्लाका खेलाडी सहभागी रहेको प्रदेश खेलकूद परिषद्का संयोजक शान्ति सिंहले जानकारी दिए। उनका अनुसार प्रदेशस्तरमा भइरहेका २३ खेलका लागि एक हजार २४० खेलाडीले भाग लिएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell