PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'गल्ली ब्वाइ'का एमसी सेर नयाँ फिल्ममा



पहिलोपोस्ट

'गल्ली ब्वाइ'का एमसी सेर नयाँ फिल्ममा

फिल्म 'गल्ली ब्वाइ' प्रदर्शनरत् छ। फिल्मले बक्सअफिस साथै समीक्षात्मक रुपमा पनि राम्रो गरिरहेको छ। फिल्मका कारण समीक्षा, सामाजिक सञ्जालदेखि चर्चामा रहे फिल्मका मुख्य दुई कलाकार रणविर सिंह र सिद्धान्त चतुरवेदी।

सिद्धान्तको यो डेब्यु फिल्म हो। पहिलो फिल्ममा  डिजे एमसी सेर बनेर उनले कमाएको चर्चा रोचक लाग्छ। यस्तोमा उनी नयाँ फिल्मका लागि अनुबन्धित भएको खबर सार्वजनिक भयो।

बलिउड हंगामाले जनाए अनुसार उनी फराहन अख्तर र रितेश सिध्वानीको निर्माण रहने फिल्मको मुख्य भूमिकामा देखिन लागेका हुन्। फिल्मको आधिकारिक घोषणा भने भइसकेको छैन। फिल्मलाई एक्सेल एन्टरटेन्मेन्टले नै प्रस्तुत गर्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell