PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ट्रम्पसँग वार्ता गर्न हरियो रेल चढेर भियतनाम हिँडे किम



पहिलोपोस्ट

ट्रम्पसँग वार्ता गर्न हरियो रेल चढेर भियतनाम हिँडे किम
फाेटाे : KCNA/Reuters

बेइजिङ: उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर बैठकका लागि किम शनिबार राती चिनियाँ सीमा सहर दानडोङ्गबाट हरियो रेल चढेर भियतनामको राजधानी हनोईतर्फ प्रस्थान गरेका हुन्। उत्तर कोरियाली नेताको भ्रमण दलमा उनकी बहिनी किम यो जोङ र पूर्व जनरल किम योङ चोल रहेको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच हनोईमा फेब्रअरी २७ र २८ (बुधवार र बिहीबार) हुने दोस्रो शिखर सम्मेलनमा निशस्त्रीकरण र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने विषयमा ठोस वार्ता हुँदैछ। यस बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीचको बहुप्रतिक्षीत पहिलो शिखर बैठक गत वर्षको जुन १२ मा सिङ्गापुरमा भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell