काठमाडौं: संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ।
आज बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सांसदको कोरम नपुग्दा स्थगित गरिएको हो। बैठकले मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षहरूको सुनुवाइ गर्ने कार्यसूची थियो।
संवैधानिक परिषद्ले मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो।