PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

आयुक्त पाठकको छानविन केही दिनमा सार्वजनिक, वाइड वडीमा बयान जारी : अख्तियार प्रमुख घिमिरे



पहिलोपोस्ट

आयुक्त पाठकको छानविन केही दिनमा सार्वजनिक, वाइड वडीमा बयान जारी : अख्तियार प्रमुख घिमिरे

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि कारबाही हुने दावी गरेका छन्।

आइतबार संसदको विकास तथा प्रविधि समितिमा जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले भने, 'वरिष्ठ सहसचिवको नेतृत्वमा तीन सदस्यीय समितिले छानविन गरिरहेको छ, केही दिनमै सार्वजनिक हुन्छ। कारबाही हुन्छ।‘

घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकले केही दिन अगाडि राजीनामा दिएका छन्। पाठकले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर बाहिरिएपछि पाठकले राजीनामा दिएका थिए। उनले राजीनामा नदिए सरकारले महाअभियोग लगाउने तयारी गरेको थियो।

प्रमखु आयुक्त घिमिरेले नेपाल वायुसेवा निगमको वाइड वडी प्रकरणमा बयान लिने काम भइरहेको समेत जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell