काठमाडौँ: नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा झडप भएको छ।
३२ वर्षे उमेर हद लागू हुनुपर्ने र नहुनुपर्ने माग गरी नारा जुलुस गर्न पुगेका नेपाल विद्यार्थी र प्रहरी विच झडप भएको हो। झडपमा केही विद्यार्थी, प्रहरी र समचार संङ्कलन गर्न पुगेका संचारकर्मी समेत घाइते भएका छन्।
प्रहरी माथि कार्यकर्ताले ढुङगामुढा प्रहार गरेका थिए।