PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेरीको ६ विकेट, नेपालको तेस्रो जित



पहिलोपोस्ट

आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेरीको ६ विकेट, नेपालको तेस्रो जित
PHOTO : CRICKETTHAILAND

काठमाडौँ : नेरी थापाले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायरमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ।

फेरी एकपटक नेपालको ब्याटिङ चल्न नसक्दा नेपालले ६३ रनको सामान्य लक्ष्य ६ विकेट गुमाएर पुरा गरेको हो। त्यसका लागि नेपालले १८.३ ओभर खेलेको थियो।

नेपालको लागि अप्सरी बेगमले २४ रन बनाइन्। सरीता मगरले नटआउट १६ रन बनाइन्।

हङकङकी जे टिटमसले ३ विकेट लिइन्।

त्सअघि एआइटिजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो। हङकङका लागि एम लामप्लोगले १९ र यसमिन डास्वानीले १६ रन जोडिन्। नेपालको लागि नेरी थापाले ४ ओभरमा ८ रन मात्र खर्चेर ६ विकेट लिइन्। सीता राना मगरले ४ ओभरमा १ ओभर मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिइन्।

नेपालको लागि महिला टी २० इन्टरनेशनलमा कुनै पनि खेलाडीको यो उत्कृष्ट बलिङ प्रदर्शन हो। महिला विश्व टी २० मा भने नेरीको बलिङ स्पेश तेस्रो उत्कृष्ट हो।

२०१९ कै जनवरीमा मलेसियामा मास इलयासले ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिएकी थिइन्।

नेपालले यसअघि मलेसिया र युएईलाई पराजित गरेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो।

अंकतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell