PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

साफ महिला च्याम्पियनसिप : पाकिस्तान नआउने भएपछि नेपालको समूहमा तीन राष्ट्र मात्र



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : पाकिस्तान नआउने भएपछि नेपालको समूहमा तीन राष्ट्र मात्र

काठमाडौँ : आगामी मार्चमा नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले नखेल्ने भएपछि नेपालको समूहमा पनि तीन राष्ट्र मात्र भएको छ।

यसअघि समूह ए मा नेपालसँगै पाकिस्तान, बंगलादेश र भुटान थियो।

समूह बी मा भारत, श्रीलंका र माल्दिभ्स छन्।

पाकिस्तानले प्रतियोगिताको लागि नाम दर्ता नै नगरेपछि नेपालको समूहमा तीन टिम भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाले पाकिस्तान नआउने भएपछि संसोधित खेल तालिका सार्वजनिक भएको जनाएको छ।

नेपालको पहिलो खेल भने भुटानसँगै हुनेछ।

साफ महिला च्याम्पियनसिपको पाँचौँ संस्करण मार्च ११ देखि २१ सम्म विराटनगरको शहीद रंगशालामा हुनेछ।

साफ महिला च्याम्पियनसीप नेपालमा पहिलो पटक हुन लागको हो। नेपालले अहिलेसम्म यसको उपाधि जित्न सकेको छैन। घरेलु भूमिमै हुने च्याम्पियनसीप जित्ने लक्ष्यसहित नेपाली महिला टोली तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell