PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नख्खु विस्फोट: मृतक गुरुङको परिवारले १० लाख राहत पाउने आश्वासन पाएपछि शव बुझ्दै



सागर बुढाथोकी

नख्खु विस्फोट: मृतक गुरुङको परिवारले १० लाख राहत पाउने आश्वासन पाएपछि शव बुझ्दै

ललितपुर : ललितपुरको नख्खुस्थित शुक्रबार राति भएको विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारले शव बुझ्ने भएका छन्।

सरकारले लिखित प्रतिवद्दता नगरिकन शव नबुझ्ने अडान राखेका उनीहरुले ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्पा भुसाललाई भेटेका थिए। भुसालले सरकारले १० लाख राहत बेहोर्ने प्रतिबद्धता जनाएपछि उनीहरुले शव बुझ्ने भएका हुन्।

सिंगापुर गोर्खा एसोसियनले शनिवार ५ जनाको  दबाब समिति गठन गरेको थियो। समितिले गृहमन्त्री राम बहादुर थापा बादलले अस्पतालमै पुगेर राहत दिने आश्वासन दिए पनि लिखित नभइ शव नबुझ्ने अडान राखेको थियो।

समितिको अध्यक्ष भोगेन्द्र गुरुङले भने, 'पम्पा भुसालले १० लाख राहत दिने व्यवस्था मिलाउँछु भन्नुभयो।  परिवारले पनि शव ल्याउन आग्रह गरेपछि शव लिन अस्पतालमा आएको छौँ।'

मृतक गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। उनकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन्। एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन्।

छोरी अष्ट्रेलियाबाट फर्केपछि भोलि दाहसंस्कार गर्ने अध्यक्ष गुरुङले  बताए।

 सम्बन्धित समाचार :

तीन प्रत्यक्षदर्शी, जसले नख्खु विस्फोटमा यस्तो भोगे, 'फोटो/भिडियो खिच्न छाडी उद्धार गरेको भए गुरुङ बच्थे'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell