.jpeg)
काठमाडौं: गायक दीपक बज्राचार्य ‘मन मगन’ यात्रामा छन्। उनी आफ्नो हिट नम्बर लिएर उनको ब्यान्ड रिदमसहित विभिन्न स्थानमा प्रस्तुति गर्दै हिडिरहेका छन्। शनिवार भक्तपुरको सल्लाघारीमा उनको सांगीतिक प्रस्तुति रहेको थियो।
मन मगन भक्तपुर–२०७५ शीर्षक रहेको कार्यक्रमलाई रशलाइट मिडियाले आयोजना गरेको थियो। उक्त कार्यक्रममा गायक बज्राचार्यले मन मगनसहित अन्य गीत सुनाए।
शनिवारको कन्सर्टमा मन मगन...प्रस्तुतिसहित परम्परागत झाँकीहरु पनि देखाइएको थियो।
सांगीतिक कार्यक्रमको क्रममा आयोजक संस्थाले वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई नगद राशीसहित सम्मान पनि गरेको थियो। कार्यक्रममा बाल गायिका समिक्षा अधिकारी, डिजे लामाले पनि आफ्नो प्रस्तुति दिएका थिए।
कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्राफीमा व्यवसायिक मोडलहरुको कल्चरल प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। थिममा आधारित पहिरनहरु प्रदर्शन गरेका थिए। फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो।