
सुर्खेत : अवैधरुपमा गरिएको लागू औषध अफिमको खेती प्रहरीले नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडामा गरिएको उक्त खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटेको २४ जना प्रहरीको टोलीले शनिवार नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार ६ विगाह क्षेत्रफलमा लगाइएको एक लाख रुपैयाँ बराबरको अफिम खेती नष्ट गरिएको हो ।
‘शनिवार दिउँसो जिल्लाबाट १८ जना र ६ जना इलाकाबाट खटेको टोलीले नष्ट गरेको हो,’ उनले भने, ‘६ विगाहा क्षेत्रफलमा करिव एक लाख बढीको हुनसक्छ।’
यद्यपि, खेती कसले लगाएको हो भन्ने खुलेको छैन।