PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

वासनादार भात नखाने आदत बनाउन प्रधानमन्त्री ओलीको सुझाव



पहिलोपोस्ट

वासनादार भात नखाने आदत बनाउन प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी चामलको भात खानुपर्ने बताएका छन्। उनले विदेशबाट आयातितभन्दा स्वदेशी उत्पादनमा प्राथमिकता दिनुपर्ने बताएका हुन्।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको गोष्टीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'बास्नादार  र विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ।'

उनले नेपालीको 'खाद्य आदत' परिवर्तन हुँदै गएको सुनाउँदै बाली प्रणाली पनि त्यसैअनुसार सुधार गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। प्रधानमन्त्री ओलीले भनेका छन्, 'पहिल नेपालीहरुमा साग सब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यसकारण अहिलेकोभन्दा चार गुणा बढी सागसब्जीको उत्पादन गर्नु पर्दछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell