
काठमाडौं : भक्तपुर सूर्य विनायकमा भ्यानभित्र एक जनाको शव फेला परेको छ।
सूर्य विनायक नगरपालिका ८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजुको शव फेला परेको प्रहरीले जनाएको छ। भजुको शव उनले नै बिहान चलाएर गएको बा.५ च ६४२१ नम्बरको भ्यानमा फेला परेका हो।
शनिवार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका भुजु घर नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका ९ लिवालीमा शव फेला परेको प्रहरीले जनाएको छ।
तत्काल भक्तपुर अस्पताल पुर्याइ जाँच गराउँदा ३/४ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको हो। उनको नाबालक छोरा भने गाडीभित्रै सकुशल फेला परेका छन्। प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ।