PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

१४२ यात्रु रहेको बंगलादेशी विमान अपहरण गर्ने प्रयास असफल



पहिलोपोस्ट

१४२ यात्रु रहेको बंगलादेशी विमान अपहरण गर्ने प्रयास असफल
फोटो : द डेली स्टार

बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास असफल भएको त्यहाँको प्रहरीलाई उद्‍धृत गर्दै बंगलादेशी मिडियाले जनाएका छन्। 

१४२ यात्रु रहेको विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै विमानलाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए। 

विमानका सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो। 

विमानको ककपिटभित्र प्रवेश गर्न खोज्नेलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। २५ वर्षीय ती युवकले किन अपहरण गर्न खोजेको भन्ने प्रष्ट भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell