PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

श्रीमतीसितको झगडाले बंगलादेशमा विमान अपहरण प्रयास, 'पाइलटको टाउकोमा बन्दूक तेर्स्याइयो'



पहिलोपोस्ट

श्रीमतीसितको झगडाले बंगलादेशमा विमान अपहरण प्रयास, 'पाइलटको टाउकोमा बन्दूक तेर्स्याइयो'
फोटो : द डेली स्टार

१ सय ४२ जना यात्रु चढेको बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडेको यात्रुवाहक विमान अपहरण गर्ने प्रयास आइतबार राति असफल भएको छ। 

बंगलादेशी मिडिया बीडीन्युजका अनुसार अपहरणकारीले आइतबार दिउँसो विमानका पाइलटको टाउकोमा बन्दूक तेर्स्याएका थिए। 

विमानलाई चित्तगंगमा साँझ ५ बजेर ४१ मिनेटमा आपतकालीन अवतरण गराइएको थियो। अवतरण गर्ने बित्तिकै चारैतिरबाट सुरक्षाकर्मीले घेरेका थिए। 

रेस्क्यु अपरेसनमा सहभागी भएका एयर भाइस मार्सल मुहम्मद मफिदुर रहमानले राति पौने आठ बजे अपहरणकारीलाई गिरफ्तार गरिएको जानकारी दिएका थिए। 

अपहरण गर्न खोज्नेले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासित कुरा गर्न चाहेका थिए। 

बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष नइम हसनले अपहरण गर्न खोज्नेको उसकी श्रीमतीसित झगडा भएको र प्रधानमन्त्रीसित यसबारे कुरा गर्न चाहेको बताए। 

बंगलादेशी वायुसेनाले आइतबार राति ७ बजेर १७ मिनेटदेखि ८ मिनेट रेस्क्यु अपरेसन गरेको थियो। 

नइमका अनुसार केही मानसिक असन्तुलन. देखिएका अपहरण गरन खोज्ने व्यक्तिलाई घाइते अवस्थामा विमानबाट बाहिर निकालिएको थियो। उनले तारहरु भएको लुगा लगाएका थिए। उसले बंगाली बोलेको र बंगलादेशी जस्तो देखिएको उनले बताए। 

उडान र अवतरण बन्द गरिएको विमानस्थल राति ८ बजे खुला गरिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell