PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

प्रिमियर लिग : लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले गोलरहित बराबरी



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल र म्यानचेष्टर युनाइटेडले खेले गोलरहित बराबरी

प्रिमियर लिगमा आइतवार लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। युनाइ६डको ३रेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न नसक्दा ३ अंक जोड्ने मौका गुमाए।

बराबरीपछि २७ खेलबाट ६६ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई एक अंकले पछि पार्दै अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ।

समान खेलबाट सिटीको ६५ अंक छ।

लिभरपुलसँग बराबरीमा रोकिएपछि युनाइटेड २७ खेलबाट ५२ अंक जोड्दै पाँचौमा झरेको छ। त्यसअघि साउथह्याम्पटनलाई २-० ले पराजित गर्दै आर्सनल चौथो स्थानमा उक्लेको थियो। आर्सनलको समान खेलबाट ५३ अंक छ। एक खेल कम खेलेको चेल्सी ५० अंकसहित छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell