PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

पहिलो अन्तर्राष्ट्रिय महिला दृष्टिविहन क्रिकेट सिरिज जितेको नेपाली टोली सम्मानित



पहिलोपोस्ट

पहिलो अन्तर्राष्ट्रिय महिला दृष्टिविहन क्रिकेट सिरिज जितेको नेपाली टोली सम्मानित

पोखरा : पाकिस्तानमा जनवरी २६ देखी फेब्रुअरी ४ तारिकसम्म सम्पन्न प्रथम अन्तर्राष्ट्रिय दृष्टिविहीन महिला टी २० क्रिकेट सिरिज जितेको नेपालको महिला दृष्टिविहिन क्रिकेक टिमका खेलाडीहरु सम्मानित भएका छन्।

पहिलो सिरिजमा ऐतिहासिक सफलता हात पारेको टिमको ८ खेलाडीलाई आइतवार गण्डकी प्रदेश सरकारले सम्मान गरेको हो।

खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले प्रमाणपत्रसहित सम्मान गरे।

यस्तै नेत्रहीन क्रिकेटको विकासका लागी गण्डकी सरकारले नेत्रहीन क्रिकेट संघ कास्कीलाई सरकारको तर्फबाट रु ५  लाख प्रदान गरेको छ। यस्तै गैरसरकारी महासंघ कास्कीको तर्फबाट पनि रु १ लाख ५० हजार समेत प्रदान गरिएको छ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको नेपाली महिला नेत्रहीन क्रिकेट टोलीले पाकिस्तानलाई उसैको मैदानमा ४-० ले पराजित गर्दै सिरिज जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell