PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

आयरल्याण्ड विरुद्ध रसिद खानको ह्याट्रिक विकेट, बनाए यस्तो रेकर्ड : टी २० सिरिज अफगानिस्तानद्वारा क्लिन स्विप



पहिलोपोस्ट

आयरल्याण्ड विरुद्ध रसिद खानको ह्याट्रिक विकेट, बनाए यस्तो रेकर्ड : टी २० सिरिज अफगानिस्तानद्वारा क्लिन स्विप

रसिद खानले टी २० इन्टरनेशनल क्रिकेटमा चार बलमा ४ विकेट लिएर कीर्तिमान बनाएका छन्। मोहम्मद नावी र रसिद खानको ५ विकेट मद्दतमा अफगानिस्तानले आयरल्याण्डलाई तेस्रो टी २० मा ३२ रनले पराजित गर्दै ३ खेलको सिरिज क्लिन स्विप गर्दा रसिदले नयाँ रेकर्ड बनाएका हुन्।

उनले १६औँ ओभरको अन्तिम बलमा आयरल्याण्डका केभिन ओ'ब्रायनलाई आउट गरेका थिए। त्यसपछि १८औँ ओभरको सुरुको ३ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पुरा गरेका रसिदले ४ बलमा ४ विकेट लिने उपलब्धी हासिल गरेका हुन्।

आइसीसीका अनुसार रसिद ४ बलमा ४ विकेट लिने पहिलो खेलाडी बनेका छन्।

रसिद खान टी २० इन्टरनेशनलमा ह्याट्रिक लिने सातौँ खेलाडी बनेका छन  उनी यस्तो सफलता हात पार्ने पहिलो स्पिनर समेत बने। सन् २००७-०८ मा अष्ट्रेलियाका ब्रेट ली ले पहिलो ह्याट्रिक विकेट लिएका थिए।

 

अफगानिस्तानको क्लिन स्विप

अफगानिस्तानले आयरल्याण्ड विरुद्धको ३ खेलको सिरिज क्लिनस्विप गरेको छ।

अफगानिस्तानले पहिलो खेल ५ विकेटले जितेको थियो भने तीन विश्व कइर्तिमान बनेको दोस्रो खेल ८४ रनले जितेको थियो। जहाँ अफगानिस्तानले टी २० कै ठूलो स्कोर २७८ रन बनाउँदा जजई र उस्मान घानीले पहिलो विकेटका लागि २३६ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए। यस्तै १६२ रन बनाउने क्रममा जजईले १६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

तेस्रो खेलमा अफगानिस्तानले मोहम्मद नावीको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो। अफगानिस्तानका लागि नावीले ८१ र हज्रतुल्लाह जजईले ३१ रन बनाए। आयरल्याण्डका डब्लु रानकिनले ३ विकेट लिए।

२११ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो। आयरल्याण्डका लागि केभिन ओ'ब्रायनले ७४ र एन्ड्रु बेलब्रिनले ४७ रन बनाएपनि जिताउन सकेनन्। आयरल्याण्डलाई जितबाट रोक्न अफगानिस्तान रसिद खानले ४ ओभरमा २७ रन खर्चेर ५ विकेट लिए। जिअउर रहेमानले २ विकेट लिए।

तेस्रो खेलमा प्लेअर अफ दि म्याच बनेका नावी म्यान अफ दि सिरिज चुनिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell