PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

'मिस नेपाल'को सिल्भर जुब्ली, २५ औं संस्करणका लागि आवेदन खुला



पहिलोपोस्ट

'मिस नेपाल'को सिल्भर जुब्ली, २५ औं संस्करणका लागि आवेदन खुला

सन् २०१९ का लागि मिस नेपाल प्रतियोगिता घोषणा भएको छ। ‘द हिडन ट्रेजर’ले आइतबार पत्रकार सम्मेलन आयोजना आगामी संस्करणका लागि आवेदन आह्वान गरेको हो।

मिस नेपाल २०१९ प्रतियोगिताको २५ औं संस्करण हो।

कार्यक्रममा आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले मिस नेपाल नेपालका लागि ऐतिहासिक सौन्दर्य प्रतियोगिता बन्न सक्ने आशा व्यक्त गरे। भने,’हामीले संघर्ष र त्यागको पच्चिस वर्ष बिताइ सकेका छौं। यी वर्षहरु खुशी र आशाको पनि वर्षहरु बने।‘

आउँदो १३ देखि २४ मार्चसम्म देशका ९ मुख्य सहरहरुमा पहिलो चरणको छनौट हुनेछ। धनगढी, नेपालगञ्ज, बुटवल र पोखरामा क्रमश: मार्च १३, १४ र १५ मा अडिसन रहेको छ। त्यस्तै चितवन, वीरगञ्ज, धरान र विर्तामोडमा मार्च १७ देखि १९ गतेसम्म प्रतियोगी छानिने छन्। अन्तिम अडिसन काठमाडौंमा मार्च २४ मा लिइने बताइएको छ।

बीसदेखि पच्चिस वर्ष उमेर समूहका अविवाहित युवतीले आवेदन दिन सक्नेछन्। आवेदकको उचाइ पाँच फिट चार इन्चभन्दा माथि हुनुपर्ने समेत बताइएको छ। प्लस टु पास गरेको र बच्चा नजन्माएकी युवती सहभागी हुन पाउने छन्।

मे ९ मा हुने फिनालेका लागि अडिसनबाट छानिएका प्रतियोगीहरुले ६ साता लामो प्रशिक्षण पाउँनेछन्। प्रशिक्षण अवधीभर पनि विभिन्न प्रतिस्पर्धा हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell