PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ला लिगा : दुवै मड्रिड क्लब विजयी, दुई 'भिएआर पेनाल्टी गोल'ले जोगायो रियललाई



पहिलोपोस्ट

ला लिगा : दुवै मड्रिड क्लब विजयी, दुई 'भिएआर पेनाल्टी गोल'ले जोगायो रियललाई

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिड र रियल मड्रिड विजयी भएका छन्।

एट्लेटिकोले घरेलु मैदानमा भियारियालाई २-० ले पराजित गर्‍यो। एट्लेटिकोका लागि ३१औँ मिनेटमा अल्भारो कोराटा र ८८औँ मिनेटमा सउल निगेजले गोल गरे।

उता वैकल्पिक खेलाडी गारेथ बेलले भिएआरको सहयोगमा पेनाल्टीमा गोल गरेपछि दश खेलाडीको रियलले लेभान्टेमाथि २-१ को जित हात पारेको हो।

लेभान्टेको घरेलु मैदान करिम बेन्जामाले ४३औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। सुरुमा रेफ्रीले पेनाल्टी नदिएपनि भिएआर प्रविधिबाट हेरेर पेनाल्टी दिएका थिए। ६०औँ मिनेटमा लेभान्टेका लागि रोस मार्टीले बराबरी गोल फर्काए।

रियलका लागि ७८औँ मिनेटमा बेलले पेनाल्टीमार्फत नै गोल गरे। ७४औँ मिनेटमा बेन्जामाको स्थानमा मैदान प्रवेश गरेका बेलले पेनाल्टीमा गोल गरेका हुन्। लेभान्टेका डाउकोरेले रियलका कासेमिरोलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। लेभान्टेका खेलाडीले कासेमिरोले डाइभ गरेको अन्दै अपिल गरेपनि भिएआरमार्फत सल्लाहपछि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेनन्।

८६औँ मिनेटमा रियलका नाचो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदान बाहिरिएका थिए। ८८औँ मिनेटमा पिचमै नआएका लेभान्टेका रुवेन रोचिनालाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए। पहिलो ६० मिनेट खेलेका रुवेनले रेफ्रीको निर्णयमा प्रश्न गरेको भन्दै उनलाई दोहोरो पहेँलो कार्ड देखाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell