PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

चेल्सीलाई पेनाल्टीसुटआउटमा हराउँदै म्यानचेष्टर सिटी च्याम्पियन



पहिलोपोस्ट

चेल्सीलाई पेनाल्टीसुटआउटमा हराउँदै म्यानचेष्टर सिटी च्याम्पियन

इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि म्यानचेष्टर सिटीले जितेको छ। गएराती भएको फाइनलमा लण्डन क्लब चेल्सीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै सिटीले उपाधि जितेको हो।

वेम्लीमा भएको खेलमा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि कुनै टोलीबाट गोल भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

पेनाल्टीमा सिटीका चार खेलाडीले गोल गर्दा चेल्सीका तीन खेलाडीले मात्र गोल गर्न सकेका हुन्। चेल्सीका जर्जिन्होको प्रहार सिटीका गोलिकपर एडरसनले रोके भने डेविड लुइजको प्रहार पोष्ठमा लागेर पर्केको थियो।

चेल्सीले अतिरिक्त समयको इन्जुरी टाइममा गोलकिपर केपालाई परिवर्तन गर्न खोजेपनि केपाले चेल्सीका प्रशिक्षक माउरसियो सार्रीको निर्णयलाई मानेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell