22.jpg)
काठमाडौँः वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक शिखरपुरका भीमप्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नयाँ बानेश्वरबाट दाहाललाई पक्राउ गरेको हो।
इजाजतपत्र बिनै रोजगारीको लागि दक्षिण कोरिया पठाइदिने भन्दै हेमलाल गौतमबाट तीन लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग दाहालमाथि लागेको थियो।
ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ पुस ३० गते उनलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो। उनलाई हर्जानासहितको बिगो पाँच लाख २५ हजार भराउने फैसला भएको थियो।
फैसलापछि दाहाल फरार थिए। प्रहरीले पक्राउ परेका दाहाललाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरी कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।