PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पार्किङ गर्ने क्रममा गाडीले किचेर दुई महिलाको मृत्यु, एक जना घाइते



पहिलोपोस्ट

पार्किङ गर्ने क्रममा गाडीले किचेर दुई महिलाको मृत्यु, एक जना घाइते

धादिङः आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ। एक महिला घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बा २० च ६२२१ नम्बरको बोलेरो जीप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो। भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो।

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell