
सत्याकृत ब्याण्डको नयाँ गीति भिडियो सार्वजनिक भएको छ। शिवरात्रीको अवसर पारेर ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो युट्युब रिलिज गरेको हो।
प्रजित लामाले स्वर दिएको गीतमा श्री हजुरको शब्द रहेको छ। जसलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्।
'आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजका लागि आफ्नै सनातन भावले सु–सज्जित गीत प्रस्तुत गरेका हौं', ब्यान्डका निर्देशकले भने,'गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन आवश्य उर्जा दिन्छ भन्ने आशा छ।'
सत्याकृत ब्याण्डकै निर्देशन रहेको गीतमा हरि हुमागाइको छायांकन, शाकल्यदेव गौतमको ड्रोन र सम्पादन रहेको छ।