PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सरकारी अस्पतालका डाक्टरले बुधवारदेखि इमर्जेन्सी बाहेकका सेवा बहिस्कार गर्ने



पहिलोपोस्ट

सरकारी अस्पतालका डाक्टरले बुधवारदेखि इमर्जेन्सी बाहेकका सेवा बहिस्कार गर्ने

काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयक विरुद्ध आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र सरकारपक्षको वार्ता विना निष्कर्ष टुंगिएको छ।

आज स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, मन्त्रालयका सचिव र गोदानका प्रतिनिधिबीच वार्ता भएको थियो। यसअघि पनि दुई पक्षबीच भएका पटक पटकका वार्ता विना निष्कर्ष टुंगिएका थिए।

वार्ता विना निष्कर्ष टुंगिएपछि गोदानले आन्दोलन जारी राखेको छ। उसले तत्काल माग पूरा नगरे आगामी बुधवारदेखि सरकारी अस्पतालका इमर्जेन्सी बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको छ। उनीहरुले सामूहिक राजीनामा दिने भन्दै हस्ताक्षर संकलन समेत गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell