PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

‘नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने, सैन्य सहकार्य हुने’



पहिलोपोस्ट

‘नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने, सैन्य सहकार्य हुने’
फाेटाे : RSS

काठमाडाैं: अमेरिकी रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने बताएका छन्। भेनेजुएला प्रकरणले नेपाल-अमेरिका सम्बन्धमा तनावकाे अवस्था सिर्जना भएकाे खबरहरू आइरहेका बेला  नेपाल भ्रमणमा आएका मन्त्री फेल्टरले साेमवार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी नेपालमा अमेरिकी सहयाेगले निरन्तरता पाउने बताएका हुन्। 

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको हो। उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरेका थिए।

उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको जानकारी दिए। उनले नेपालले कुनै पनि अन्तर्राष्ट्रिय र क्षेत्रीय सैन्य संरचनामा सहभागिता नजनाउने भए पनि दुई देशबीचको सैन्य सम्बन्धका लागि सधैँ सहकार्य हुने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell