PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डीपीएल राईजिङ स्टार टोलीको घोषणा, दशैँअघि दक्षिण अफ्रिका टुर जाने



एम बम

डीपीएल राईजिङ स्टार टोलीको घोषणा, दशैँअघि दक्षिण अफ्रिका टुर जाने
डीपीएल ३ च्याम्पियन टिम सिवाइसी अत्तरिया, राइजिङ टिममा रहेका दिपेन्द्र रावतले पहिलो लिगमै उत्कृष्ट प्रदर्शन गरेका थिए।

धनगढी : धनगढी क्रिकेट एकेडेमीले (डीपीएल) मा सहभागी १९ वर्ष मुनिका खेलाडीहरु सम्मिलित डीपीएल राईजिङ स्टार टोली घोषणा गरेको छ।

दक्षिण अफ्रिका भ्रमणमा जाने १९ वर्षमुनिका १५ जना खेलाडीहरुको नाम धनगढी क्रिकेट एकेडेमीले आज घोषणा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित १५ जनाको टीम घोषणा गरिएको एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए।

डीपीएल राईजिङ स्टारको टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका विश्व क्रिकेटमा रेकर्ड होल्डरद्वय रोहितकुमार पौडेल र सन्दीप जोरासँगै पवन सर्राफ छन्। यस्तै राष्ट्रिय टिममा परेका भिम शार्की पछि छन्।

यसबाहेक रित गौतम, कुशल मल्ल, तिर्थराज दास, सुवाश ऐर, सुशिल खड्का, कमल ऐरी, रशिद खान, अदिल अन्सारी, दिपेन्द्र रावत, कृष्ण ऐर र खगेन्द्र जैसी रहेका छन्। कुशल र दिपेन्द्रले डीपीएल ३ मा उत्कृष्ट प्रदर्शन गरेका थिए।

च्याम्पियन टिम अत्तरियाका सन्दिप जोरा, दिपेन्द्र रावत, कमल सिंह ऐरी, रित गौतम, आदिल अन्सारी र खगेन्द्र जोशी गरी सर्वाधिक ६ खेलाडी राइजिङ स्टार टिममा परेका हुन्।

डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रुट्स र रायनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन्।

डीपीएल राईजिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ। कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ। १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएलले व्यहोर्ने एकेडमीका अध्यक्ष शाहीले बताए। डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसिय क्रिकेट खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell