PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

हङकङमा 'पुरानो बुलेट'को वर्ल्ड प्रिमियर



पहिलोपोस्ट

हङकङमा 'पुरानो बुलेट'को वर्ल्ड प्रिमियर

फिल्म 'पुरानो बुलेट'को वर्ल्ड प्रिमियर भएको छ। हङकङस्थित याउ माइ तेइ हलमा फिल्मको पहिलो सो सम्पन भएको हो।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित सोमा उल्लेखनीय दर्शकको उपस्थिति रहेको बताइयो। आयोजकमध्यका मज्जाको राईले भने,'मनोरञ्जनसहित हाम्रो परिवेशको कथा हेर्न पाउँदा खुशी छौं।'  

फिल्ममा कलाकार अनुपबिक्रम शाही, अभिनेत्री वर्षा शिवाकोटी र माला लिम्बुको कामलाई दर्शकले तारिफ दिएका छन्। फिल्म नेपालमा भने आउँदो चैत १ गतेबाट सार्वजनिक प्रदर्शन हुँदैछ।

'पुरानो बुलेट'मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय रहेको छ। फिल्मको कथा पटकथा लेखन तथा निर्देशन भीषण राईले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell