PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा



नेत्र तामाङ

सरकारको पहिलो आक्रमणमा प्रेस : शेरबहादुर देउवा

रसुवा : प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको बताएका छन्। 'सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ,' आज रसुवामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'प्रेस डराउन थालिसकेको छ।' 

उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने समेत दावी गरे। 'कुनै पनि बहानामा हामी सहँदैनौं,' देउवाले भने। 
पार्टी भित्रको समस्यालाई विधानको वाधा फुकाउबाट भए पनि सुल्ट्याउने उनको तर्क थियो। उनले प्रधानमन्त्री ओली जथाभावी बोल्दै हिँडिरहेको बताउँदै सरकारको आलोचना गरेका थिए। 

त्यसअघि बोल्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गर्नुपर्ने बताएका थिए। उनले पार्टी सभापतिले मेरो तेरो भन्न नहुने भन्दै सुधारिएको अवस्थामा अर्को चुनावमा पार्टी पहिलो हुनेसमेत उद्‌घोष गरे। उनले रसुवामा पार्टी प्रवेशले देशभर तरङ् ल्याउने दावीसमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell