_vs_Nayabasti.jpg)
काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको शहिद स्मारक बी डिभिजन लिगको पहिलो चरणका खेलहरु सकिएका छन्।
पहिलो चरणको खेलपछि समूह ए बाट दुई र समूह बी बाट दूई गरी कूल चार क्लब अन्तिम चरणमा छनोट भएका छन्।
सोमवार एन्फा कम्प्लेक्समा भएको खेलमा नयाँ बस्ती युवा क्लबलाई ३-१ ले पराजित गर्दै सातदोबाटो युथ क्लब समूह ए को विजेता बनेको हो।
समूह ए मा सातदोबाटोले ११ अंक जोड्दा आरसिटी ८ अंकसहित दोस्रो भयो।
सातदोबाटोका लागि निरज महर्जन, विमल केसी, रमेश कुमार राजवंशीले गोल गरे। नयाँबस्तीका लागि साजन राईले गोल गरे।
सोमवारै भएको खेलमा खुमलटारले बाँसबारीलाई २-१ ले पराजित गर्यो।
समूह बी बाट टुसाल ११ अंकसहित पहिलो र श्री भगवती १० अंक जोडेर दोस्रो हुँदै अन्तिम चरणमा पुगेको छ।
अब अन्तिम चरणमा चार क्लबबीच लिग खेल हुनेछ। जसमा प्रत्येक क्लबले तीन खेल खेल्नेछन्। यसबाट धेरै अंक जोड्ने क्लब च्याम्पियन बन्नेछ। पहिलो चरणको अंक अन्तिम चरणमा नजोडिने एन्फाले जनाएको छ।