PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

संसद् भवनमा नयाँ क्यान्टिनको शिलान्यास, मुस्लिम समुदायका लागि हलाल खाना बनाउने भान्छाघर बन्ने



पहिलोपोस्ट

संसद् भवनमा नयाँ क्यान्टिनको शिलान्यास, मुस्लिम समुदायका लागि हलाल खाना बनाउने भान्छाघर बन्ने

काठमाडौँः शहरी विकास मन्त्रालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा परिसरमा नयाँ चमेनागृह निर्माण सुरु गरेको छ। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार भवनको शिलान्यास गरे।

९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुन लागेको चमेनागृहमा एक सय ८६ जना क्षमताको डायनिङ हल बन्नेछ।

चमेनागृहमा मुस्लिम समुदायका लागि हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था हुनेछ। कुल दुई करोड ७८ लाखमा निर्माण सम्झौता भएको चमेतागृह ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell